Home मुख्य समाचार श्रमिक माविको भवन सिलान्यास

श्रमिक माविको भवन सिलान्यास

भवन सिलान्यास गर्नुहुँदै नगरप्रमुख लामा ।

हेटौँडाः हेटौँडा–४, कर्र्रास्थित श्रमिक माविको नयाँ शैक्षिक भवन निर्माण कार्य सुरु भएको छ । संघीय सरकारको लगानीमा बहुवर्षीय योेजनाको रुपमा ४ तल्ले भवन निर्माण कार्य सुरु भएको हो । कुल १६ कोठाको शैक्षिक भवन निर्माणका लागि चालु शैक्षिक सत्रमा विनियोजित बजेटबाट जग र पहिलो तल्लाको ढलानसम्मको कार्य हुनेछ ।

बुधबार बिहान हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले सिलान्यास गर्नुभएको छ । भ्याट बाहेक ८१ लाख ३८ हजार रुपैयाँ लागत अनुमान गरी टेण्डर आव्हान गरिएकोमा काठमाडौंको मगर कन्स्ट्रक्सन प्रालिले भ्याट बाहेक ५१ लाख ६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । फागुन १० गते ठेक्का सम्झौता गरिएको र निर्माण कार्य २०८१ साल असार १५ गतेसम्ममा सम्पन्न गर्नुपर्नेछ ।

१० कक्षासम्म पठनपाठन हुने विद्यालयमा ५ सय विद्यार्थी अध्ययनरत छन् । भवन सिलान्यास कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, विद्यालय व्यवस्थाापन समितिका अध्यक्ष विवेक कार्की, प्रधानाध्यापक श्रीराम दाहाल, पूर्वप्रधानाध्यापक चन्द्रकान्त श्रेष्ठ, चतुर्भुज उपाध्याय, श्रमिक पूर्वविद्यार्थी समाजका संयोजक सुरेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version