Home अर्थ/व्यापार मकवानपुरगढीका कृषकलाई ट्रयाक्टर हस्तान्तरण

मकवानपुरगढीका कृषकलाई ट्रयाक्टर हस्तान्तरण

हेटौंडाः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकवानपुरगढी गाउँपालिका–६ स्थित प्रगतिशील तरकारी उत्पादन ब्लक संचालक समितिलाई ट्रयाक्टर हस्तान्तरण गरिएको छ ।

बागमती प्रदेश सरकारअन्तर्गतको कृषि विकास निर्देशनालयका निर्देशक रबिन्द्र बहादुर प्रधानले गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई हस्तान्तरण गर्नुभएको ट्याक्टर गाउँपालिका अध्यक्ष हुमागाईले प्रगतिशील तरकारी उत्पादन ब्लक सञ्चालक समितिका अध्यक्ष टिकाप्रसाद दाहाललाई हस्तान्तरण गर्नुभयो ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको सभाध्यक्षता तथा कृषि विकास निर्देशनालयका निर्देशक रविन्द्र बहादुर प्रधानको प्रमुख आतिथ्यता र कृषि ज्ञानकेन्द्र चितवनका प्रमुख राजन ढकालको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

Exit mobile version