Home मुख्य समाचार वक्तृत्वकलामा जेनिथकी अभिप्सा प्रथम

वक्तृत्वकलामा जेनिथकी अभिप्सा प्रथम

वक्तृत्वकला प्रतियोगितामा छात्रा अभिप्सा पौडेललाई सम्मन गरिदैँ

हेटौंडाः कक्षा ११–१२ स्तरीय वक्तृत्वकला प्रतियोगितामा जेनिथ इन्टरनेशनल माविकी छात्रा अभिप्सा पौडेल प्रथम भएकी छिन् । ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जिल्ला अदालत बार एसोसिएसन मकवानपुर र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा मकवानपुरको संयुक्त आयोजनामा भएको वक्तृत्वकलामा पौडेल प्रथम भएकी हुन् ।

नेतृत्वमा महिलाको अधिकार, अवसर र चुनौती विषयक वक्तृत्वकला प्रतियोगितामा आधुनिक राष्ट्रिय माविका धिरज यादव द्वितीय भएका छन् । नारायणी कलेजकी छात्रा साक्षी भुजेल तृतीय र मकवानपुर बहुमुखी क्याम्पसकी शर्मिला उप्रेती सान्त्वना भइन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताका सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा ६ विद्यालयका ११ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । जेनिथ इन्टरनेशनल मावि, नारायणी कलेज, आधुनिक राष्ट्रिय मावि, मकवानपुर बहुमुखी क्याम्पस, जनज्योति मावि र जनप्रिय माविले प्रतियोगितामा सहभागिता जनाएका थिए । वक्तृत्वकला प्रतियोगितामा अनिता न्यौपाने, कृष्णप्रसाद पोखरेल, विशाल अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्य एवम् गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा मकवानपुर अध्यक्ष रमिला सापकोटाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बुद्धशरण लामा, अधिवक्ता अप्सरा बस्नेत, रामचन्द्र न्यौपाने, सन्तोष पौडेल, कुमारी वाइवा, सर्मिला श्रेष्ठ, मन लामा, शिवा दोवकोटा, प्रमिला केसी, पार्वती चौलागाई, गोकर्ण तिवारीलगायतको सहभागिता रहेको थियो ।

Exit mobile version