Home मुख्य समाचार सवारीमैत्री सडक नहुँदा दुर्घटना घटेनः मन्त्री श्रेष्ठ

सवारीमैत्री सडक नहुँदा दुर्घटना घटेनः मन्त्री श्रेष्ठ

र्यक्रममा बोल्नुहुँदै बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ

हेटौँडाः बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सवारीमैत्री सडक नहुँदा सवारी दुर्घटना बढिरहेको बताउनुभएको छ । बिहिबार हेटौँडामा प्रदेशस्तरीय ट्राफिक सप्ताहको उद्घाटन गर्नुहुँदै उहाँले भौगोलिक अवस्थाअनुसार देशको सडक सवारीमैत्री नभएकोले दुर्घटना भइरहेको बताउनुभएको हो ।

उहाँले सडक नियमलाई पालना नगर्नु पनि दुर्घटनाको अर्को कारण भएको बताउनुभयो । उहाँले पट्रदेश सरकारले चाँडै जोखिमयुक्त सडकहरुमा सीसी टिभी जडान र साँकेतिक चिन्हहरु राखेर दुर्घटना न्युनीकरणका लागि काम गर्ने बताउनुभयो । यसका लागि कार्यविधिसमेत बनिसकेको उहाँले बताउनुभयो । अहिले मृत्युको प्रमुख कारण नै सवारी दुर्घटना भएको उहाँले बताउनुभयो । यसको मुख्य कारण ट्राफिक नियमको पालना नगर्नु रहेको बताउनुहुँदै नियमितरुपमा सवारी साधनको प्राविधिक जाँच गर्नुपर्ने बताउनुभयो । उहाँले ट्राफिक उपकरण खरिदका लागि प्रक्रिया अगाडि बढाउन सरकारले अनुमति दिइसकेको जानकारी दिनुभयो ।

अहिले कतिपय अवस्थामा नबुझेर र कसैले भने बुझेरै ट्राफिक नियमको उल्लंघन गरिरहेको उहाँको भनाई छ । नागरिकले ट्राफिकका लागि नभई आफ्ना लागि नियमको गम्भीरतापूर्वक पालना गर्न मन्त्री श्रेष्ठले आग्रह गर्नुभयो । प्रदेश सरकारले सडक सचेतना सम्बन्धी जनचेतनामूलक कार्यक्रम अगाडि बढाउन सहयोग गर्ने उहाँले बताउनुभएको छ ।

यस्तै बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायव महानिरीक्षक विष्णु कुमार केसीले सडकमा हुने दुर्घटना कम गर्न सबैको भूमिका उत्तिकै रहने बताउनुभएको छ । उहाँले ट्राफिक प्रहरीलाई समयअनुसारको प्रविधिमा जोड्दै अगाडि लैजान आवश्यक रहेको बताउनुभयो । बागमती प्रदेशको उपत्यकाका तीन जिल्ला बाहेक अन्य १० जिल्लामा चालु आर्थिक वर्षका पौष मसान्तसम्म १ हजार ९ सय ९४ सवारी दुर्घटना हुँदा १ सय ६६ जनाको मृत्यु भएको छ । जसमध्ये मकवानपुरका २३ जना रहेका छन् । ट्राफिक सप्ताह आगामी फागुन २ गतेसम्म चल्नेछ । कार्यक्रममा बागमती प्रदेशका श्रम तथा यातायातमन्त्री लक्ष्मण लम्साल र मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर सेडाई लगायतको आतिथ्य रहेको थियो ।

Exit mobile version