Home कला मुक्तक दिवस अवसरमा १३ औं मुक्तक वाचन शृङ्खला सम्पन्न

मुक्तक दिवस अवसरमा १३ औं मुक्तक वाचन शृङ्खला सम्पन्न

मुक्तक वाचन शृङ्खला कार्यक्रममा खिचिएको तस्वीर

हेटौंडाः मुक्तक दिवसको अवसरमा १३ औं मुक्तक वाचन शृङ्खला सम्पन्न भएको छ । बिहीबार मुक्तक मञ्च मकवानपुरको आयोजनामा मुक्तक दिवसको अवसर पारी १३ औं मुक्तक वाचन शृङ्खला सम्पन्न भएको हो ।

कार्यक्रममा १५ जनाले मुक्तक वाचन गरेका थिए । कार्यक्रममा देव निर्दोष, मिथिला अधिकारी, सुवास सजल, किशन पौडेल, सागर तिमल्सिना, मनोज पोख्रेल, देवराज तिवारी, मसान उपासक, सानु खनाल, निर्जल अर्याल, कमल नेपाल, विष्णु गौतम, अजिता ओझा, वैकुण्ठ लामिछाने र पुरुषोत्तम आचार्यले मुक्तक वाचन गर्नुभएको थियो ।

कार्यक्रम मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबि बर्तौलाको सभाध्यक्षता तथा मुक्तक मंच मकवानपुरका सल्लाहकार हयागृब आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा महाकाव्यकार मुना अर्याल, साहित्यसेवि मुक्ति गोबिन्द वैध, हास्यवङ्ग्यकार राजकुमार लामिछानेको पनि उपस्तिथि रहेको थियो । कार्यक्रममा मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष किशन पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम मुक्तक मंच मकवानपुरका सचिव गोकर्ण लामाले संचालन गर्नुभएको थियो ।

Exit mobile version