Home मुख्य समाचार भानु मावि व्यवस्थापन समितिका लागि १० जनाको उम्मेदवारी

भानु मावि व्यवस्थापन समितिका लागि १० जनाको उम्मेदवारी

हेटौंडाः मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीस्थित भानु माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका लागि निर्वाचन हुने भएको छ । आइतबार भएको अभिभावक भेलाले २ जना महिला र २ जना खुला सदस्यमा सर्वसम्मत चयन गर्न नसकेपछि निर्वाचन हुन लागेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले जानकारी दिनुभयो ।

व्यवस्थापन समिति सदस्यका लागि १० जना अभिभावकको उम्मेदवारी परेको छ । अभिभावकहरु श्यामबहादुर पाख्रिन, लक्ष्मण भट्टराई, दिलिप लोप्चन, सावित्री दुलाल, रुक्मणि ढुङ्गाना, हेमबहादुर योञ्जन, सन्तु थिङ पाख्रिन, हेमकुमारी सञ्जेल, उमेश अधिकारी र खिलप्रसाद चौलागाईको उम्मेदवारी परेको हो ।

निर्वाचन कार्यक्रमअनुसार मंगलबार उम्मेदवारी दर्ता तथा नामावली प्रकाशन, बुधबार उम्मेदवारी फिर्ता, बिहीबार दाबी बिरोध, अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण गरिनेछ । आइतबार बिहान ११ बजेदेखि २ बजेसम्म निवार्चन हुनेछ र सोही दिन नतिजा प्रकाशन गरिने प्रधानाध्यापक थापाले जानकारी दिनुभयो । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा हाल ५ सय २५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

Exit mobile version