Home खेलकुद अन्तर गाउँपालिकास्तरिय फुटसलको उपाधी हेटौंडा “ए” लाई

अन्तर गाउँपालिकास्तरिय फुटसलको उपाधी हेटौंडा “ए” लाई

प्रतियोगितामा प्रथम हुने हेटौंडा उपमहानगरपालिका “ए” का खेलाडीहरू।

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाको अन्तर गाउँपालिकास्तरिय चौथो संस्करणको शहीद रुद्र पाखिन–बासुदेव घिमिरे स्मृति फुटसल प्रतियोगिताको उपाधी हेटौंडा उपमहानगरपालिका “ए” ले जितेको छ । सोमबार भएको खेलमा हेटौंडा उपमहानगरपालिका “ए” ले आयोजक खेलकुद विकास समिति मकवानपुरगढीलाई ७–४ गोल अन्तरले पराजित गरेको हो ।

प्रतियोगितामा विजेता हेटौंडा “ए” ले १ लाख २५ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने, उपविजेता बनेको आयोजक मकवानपुरगढीले ७५ हजार रुपैयाँमा चित्त बुझाएको छ । खेलको म्यान अफ द म्याच हेटौंडाका विश्व लामा घोषित भए । प्रतियगितामा विधागत उत्कृष्ट खेलाडीहरु बेस्ट गोलकिपर हेटौंडाका सुजन लामा, उत्कृष्ट गोलकर्ता आयोजक मकवापुरगढीका सुजन भोमजन, वेस्ट प्लेयर हेटौंडाका समिराज थोकर र खेलमा राइजिङ प्लेयर दुलभा कुमार दुलाल घोषित भएका छन । उत्कृष्ट खेलाडीले नगद ३ हजारसहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।

Exit mobile version