Home मुख्य समाचार क्षीरसागर दुग्ध उत्पादक सहकारीको अध्यक्षमा पुनः पुडासैनी

क्षीरसागर दुग्ध उत्पादक सहकारीको अध्यक्षमा पुनः पुडासैनी

शालिकराम पुडासैनी

हेटौंडाः हेटौंडा–११ स्थित क्षीरसागर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः शालिकराम पुडासैनी चयन हुनुभएको छ । शुक्रबार भएको सहकारीको छैटौँ साधारणसभाबाट पुडासैनीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको सहकारीका व्यवस्थापक देवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

समितिको उपाध्यक्षमा बासुदेव पौडेल, सचिवमा तारादेवी कप्रौला, सहसचिवमा गीता राना र कोषाध्यक्षमा जम्बरबहादुर बानियाँ चयन हुनुभएको छ । समितिको सदस्यमा पूर्णकुमारी बस्नेत, मञ्जु बिडारी, भीमसेन हुमागाई, तेजराज रिमाल र लीलानाथ अगस्ती चयन हुनुभएको छ । यसैगरी सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णप्रसाद खनाल र सदस्यहरुमा धर्मेन्द्र भट्ट र सावित्री गजुरेल चयन हुनुभएको छ । सञ्चालक समितिको कार्यकाल ४ वर्षको रहनेछ ।

सहकारीमा सबैभन्दा बढी दूध बिक्री गर्ने पुण्यकुमारी बस्नेत प्रथम, श्रीरामभक्त गिरी द्वितीय, उद्धवप्रसाद गजुरेल तृतीय, हरिमाया पण्डित र सावित्री हुमागाईं सान्त्वना हुन सफल भएकोमा संस्थाले सम्मान गरेको श्रेष्ठले जानकारी दिनुभयो । १ सय २७ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी ५ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको छ । सहकारीको कारोबार २ करोड २४ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

सहकारीका अध्यक्ष पुडासैनीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा–११ का वडा अध्यक्ष जुना दाहाल, सदस्य गीता सुनार, हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version