Home मुख्य समाचार पृथ्वीजयन्तीको अवसरमा रक्तदान

पृथ्वीजयन्तीको अवसरमा रक्तदान

रक्तदान गर्दै रक्तदाता

हेटौंडाः ३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ । हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा भएको कार्यक्रममा ४ जना महिला र ३१ जना पुरुषले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो । आइतबार हेटौंडा–९, पशुपतिनगरमा महर्जन परिवारको आयोजनामा रक्तदान कार्यक्रम हुँदैछ ।

Exit mobile version