माओवादी प्रवेश गरे पछि सामुहिक तस्वीर खिचाउदै ।

हेटौंडाः जनता समाजवादी पार्टी (जसपा) का बागमती प्रदेश परिषद्का पूर्वअध्यक्ष शुभरत्न गोलेसहित १ सय २९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रबार एक कार्यक्रमका बीच गोलेको नेतृत्वमा १ सय २९ जना माओवादी प्रवेश गरेको पार्टी जिल्ला संयोजक सर्केश घलानले बताउनुभयो ।

पार्टी प्रवेश गर्नेहरुमा जसपाका संघीय परिषद् सदस्य विश्व आले मगर, प्रदेश कोषाध्यक्ष प्रेमराज वाईबा, प्रदेश सदस्य कुशुम बानियाँ, सुबोध घलान, मकवानपुर जिल्ला सदस्यहरु सोमलाल गोले, वीरेन्द्र गोले, मानबहादुर माझी र बकैया कमिटीका अध्यक्ष दुर्गाबहादुर वाईबालगायत रहेका छन् । संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशितसहितका गणतन्त्र पक्षधरहरु एक हुनुपर्ने आवश्यकता रहेकोले आफूहरु माओवादी प्रवेश गरेको गोलेले बताउनुभयो ।

पार्टी जिल्ला संयोजक सर्केश घलानले अहिले मकवानपुरमा माओवादीप्रति जनताहरु आकर्षित भएको बताउनुभयो । तीन महिने अभियानपछि अहिले जिल्लामा ११ हजार पार्टी सदस्यता रहेको उहाँले बताउनुभयो ।