Home मुख्य समाचार बागमतीको सबै वडामा माओवादीको कमिटी विस्तार

बागमतीको सबै वडामा माओवादीको कमिटी विस्तार

हेटौंडाः “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” अन्तर्गत नेकपा माओवादी (केन्द्र) बागमती गाउँपालिका कमिटीले सबै वडामा वडा सम्मेलन सम्पन्न गरेको छ । पार्टीले पालिकाभित्रका ९ वटै वडामा सम्मेलन गरी कमिटी पनि विस्तार गरेको हो । शनिबार ९ नम्बर वडामा, आइतबार १, २, ४, ६ नम्बर वडामा र सोमबार बागमती–३, ५, ७ र ८ नम्बर वडामा गरी वडा सम्मेलन गरेको हो ।

आइतबार बागमती–१ मा भएको वडा सम्मेलनले डोर बहादुर थापाको अध्यक्षतामा २९ सदस्यीय वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रदिप राई, कोषाध्यक्षमा शान्तिमाया राई, सचिवमा रत्न बहादुर राई र सह–सचिव कुमार विष्ट चयन हुनुभएको छ । बागमती–२ मा राजकुमार सिन्चुरीको अध्यक्षतामा २९ सदस्यीय वडा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा राजकुमार राई, सचिवमा प्रेम पाख्रिन, सह–सचिवमा विकी पहरी र कोषाध्यक्षमा सिर्जना पहरी श्रेष्ठ चयन हुनुभएको छ ।

यस्तै बागमती–३ मा भएको वडा सम्मेलनले वीर बहादुर थिङको अध्यक्षतामा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विजय जिम्बा, प्रमिला माझी र वीर बहादुर पाख्रिन चयन हुनुभएको छ । यस्तै सचिवमा अभिषेक मोक्तान, सह–सचिवमा पन्चमान तितुङ, बसन्ती माया मोक्तान र कोषाध्यक्षमा तुलसा थोकर चयन हुनुभएको छ । बागमती–४ मा भएको सम्मेलनले भूमिलाल माझीको अध्यक्षतामा २९ सदस्यीय वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मङ्गल बहादुर गोले, वीर बहादुर जिम्बा र मिलन पहरी चयन हुनुभएको छ । यस्तै सचिवमा श्याम लोप्चन, सह–सचिवमा नेमा दोर्जे थिङ, प्रमोद वाईबा र कोषाध्यक्षमा ज्योमो माया बज्यु चयन हुनुभएको छ ।

बागमती–५ मा भएको वडा सम्मेलनले विजय भोलनको अध्यक्षतामा पार्टी वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हरी बहादुर पुलामी र सोम बहादुर भोलन चयन हुनुभएको छ । यस्तै सचिवमा श्रवण माझी, सह–सचिवमा श्रीकृष्ण विक र कोषाध्यक्षमा नाङ्साल माया थोकर चयन हुनुभएको छ । बागमती–६ मा भएको वडा सम्मेलनले पुकार अस्तानीको अध्यक्षतामा २९ सदस्यीय वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा जस्बिर घिसिङ, सचिवमा कमल बहादुर पुलामी, सह–सचिवमा अमृत कुमार भुजेल, दल बहादुर डिम्डुङ र कोषाध्यक्षमा सरस्वती भोलन चयन हुनुभएको छ ।

बागमती–७ मा भएको वडा सम्मेलनले अक्कल बहादुर गोलेको अध्यक्षतामा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पुर्ण बहादुर राई र रविन थोकर चयन हुनुभएको छ । यस्तै सचिवमा सुजन भोलन, सह–सचिवमा बालकुमार पुलामी र कोषाध्यक्षमा अमृता राना चयन हुनुभएको छ । बागमती–८ मा भएको वडा सम्मेलनल पुर्ण बहादुर थिङको अध्यक्षतामा २९ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा करण स्याङ्तान र चन्द्र बहादुर पाख्रिन चयन हुनुभएको छ । यस्तै सचीवमा दिल कुमार योन्जन, सह– सचिवमा विरेन्द्र समाल र कोषाध्यक्षमा विष्णुमाया घलान चयन हुनुभएको छ ।

बागमती–९ मा भएको वडा सम्मेलनले अशोक रखालको अध्यक्षतामा २९ सदस्यीय वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुरेश लोप्चन, सचिवमा सूर्य बहादुर घलान, सह सचिवमा निराजन थापा मगर र कोषाध्यक्षमा मनकुमारी सिंजाली चयन हुनुभएको छ ।

Exit mobile version