हेटौँडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा लागुऔषध दूव्र्यसनी, विद्युतीय अपराध, यसका नकारात्मक असर, सामाजिक, साँस्कृतिक विकृतिलाई न्युनीकरण गर्न सामजप्रति युवाको सरोकार को विषयमा एकदिने अन्तरक्रिया तथा कानुनी सचेतना कार्यक्रम भएको छ ।
मकवानपुरगढी गाउँपालिका–१ मा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यमा सचेतनामूलक कार्यक्रम भएको हो । कार्यक्रममा वडा अध्यक्ष आईत सिं लोको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा अधिवक्ता एवम् मेलमिलापकर्ता रामशरण लामिछाने अभिमुखीकरण गराउनुभएको थियो ।
