Home खेलकुद जिल्ला खेलकुद विकास समितिद्वारा कराँते खेल सामग्री सहयोग

जिल्ला खेलकुद विकास समितिद्वारा कराँते खेल सामग्री सहयोग

कराँते खेल सामग्री हस्तान्तरण गरिँदै ।

हेटौँडाः हेटौँडा-४ स्थित हुप्रचौरमा रहेको मकवानपुर जिल्ला खेलकुद विकास समितिले खेलकुदको सामाग्री सहयोग गरेको छ । शनिबार हेटौँडा-४ पारिजातपथमा रहेको नेपाल सितोरीयो कराँते संघ मकवानपुरको कार्यालयमा एक कायक्रमको आयोजना गर्दै कराँते महासंघ अन्तर्गत रहेको सम्पुर्ण संस्थहरुलाई ५० हजार रुपैयाँ बरारबरको सामाग्री सहयोग गरेको राष्ट्रय रेफ्रि सविन भोलनले जानकारी दिनुभयो । महासंघ अन्तर्गत रहेको संस्थाहरुलाई ग्लबस, सिन्प्याड, सिन्गार्ड, चेस्प्याड लगाएतका सामाग्रीहरु सहयोग गरेको भोलनले बताउनुभयो ।

आउँदै गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई मध्यनजर गरेर मकवानपुर जिल्लामा पनि कराँते खेलको वृद्धि विकास गर्न समाग्री सहयोग गरेको उहाँले बताउनुभयो । मकवानपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्ष वेष खड्गी प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा , कार्यालय प्रमुख माधव कोइराला , कराँते महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ , नेपाल सितोरियो कराते संघ मकवानपुरको अध्यक्ष दीपक बहादुर तामाङ, कराँते प्रशिक्षक नरेन्द्र श्रेष्ठ, लागाएतको उपस्थिती रहेको थियो ।