Home अर्थ/व्यापार प्रदेश सरकारको अनुदानमा निर्मित चुच्चेखोलाको माछापोखरी उद्घाटन

प्रदेश सरकारको अनुदानमा निर्मित चुच्चेखोलाको माछापोखरी उद्घाटन

पोखरीमा माछाको भुरा राखेर माछापोखरीको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा ।

हेटौंडाः बागमती प्रदेश सरकारको ४८ लाख रुपैयाँ अनुदान सहयोग रहेको हेटौंडा–१६ स्थित माछापोखरीको आज उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले माछापोखरीको उद्घाटन गर्नुभएको हो । मन्त्री लामाले माछाका भुरा पोखरीमा छाडेर माछापोखरीको उद्घाटन गर्नुभयो । एजी कृषि फार्म प्रालिले २ करोड रुपैयाँ लगानी गरेर सुरुवात गरेको फार्ममा प्रदेश सरकारले अनुदान दिएको हो ।

हेटौंडा–१६ का ३४ जना जग्गाधनीसँग कुल १० हेक्टर क्षेत्रफल जमिन लिजमा लिएर ९ वटा माछापोखरी बनाइएको एजी कृषि फार्मका सञ्चालक गणेश दाहालले जानकारी दिनुभयो । माछापोखरीको उद्घाटन गर्नुहुँदै मन्त्री लामाले प्रदेश सरकारले मकवानपुरको मनहरीसँगै चितवन र सिन्धुली जिल्लामा पनि व्यावासायिक माछापालनका लागि अनुदान वितरण गरेको जानकारी दिनुभयो । कृषिलाई भरपर्दो पेशाको रुपमा स्थापित गर्न प्रदेश सरकारको सहयोग निरन्तर रहने उल्ले गर्नुहुँदै मन्त्री लामाले कृषिमा आत्मनिर्भर हुन खेतबारी मात्रै नभएर आली पनि खाली छाड्न नहुने बताउनुभयो । एजी कृषि फार्मले माछासँगै लोकल कु्खुरा, हाँस, टर्की, खसी, बोका पालन पनि गर्ने जनाएको छ ।

Exit mobile version