Home मुख्य समाचार प्रदेशसभा वैठकमा घम्साघम्सी, वैठक अबरुद्ध

प्रदेशसभा वैठकमा घम्साघम्सी, वैठक अबरुद्ध

हेटौँडाः प्रदेश प्रमुखले प्रदेशसभामा फिर्ता गरिदिएको चिठ्ठा विधेयक सोमबार सरकारले पुनः ल्याएको भन्दै प्रदेश सभामा नेकपा एमालेबाट निर्वाचित सदस्यहरुको अवरोधपछि प्रदेशसभा वैठक अबरुद्ध हुन पुगेको छ ।

सरकारका तर्फबाट प्रदेश आर्थिक मामिला मन्त्री बहादुर लामाले विधेयक पेश गर्दैगर्दा प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेपछि प्रदेशसभा वैठक रोकिएको हो । वैठकमा नाराबाजी गर्ने सांसदहरु र मर्यादापालकबीच केहीबेर घम्साघम्सी परेको थियो । त्यसपछि सभामुख भुवन पाठकले वैठक स्थगितको घोषणा गर्नुभएको थियो ।

यसअघि वैठकमा प्रमुख प्रतिपक्षी दलका नेता जगन्नाथ थपलियाले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनुका साथै उक्त चिठ्ठा विधेयकको तीब्र आलोचना गर्नुभएको थियो । त्यसपछि प्रदेश सभा सदस्यहरुले उठाएका विभिन्न प्रश्नहरुबारे मुख्यमन्त्री शालिकराम जमरकट्टेलले जवाफ दिनुभएको थियो ।

Exit mobile version