Home मुख्य समाचार भोलि बिहानदेखि हेटौंडा बजार केही सहज हुने

भोलि बिहानदेखि हेटौंडा बजार केही सहज हुने

हेटौंडाको बुद्धचोकमा बिहानको समयमा मोटरसाइकललाई रोक्दै

हेटौंडाः भोलि बुधबार बिहानदेखि हेटौंडा बजार केही सहज हुने भएको छ । व्यवसायीले सुरक्षा सतर्कता अपनाएर कारोबार व्यवस्थित गर्ने गरी बजारका सबै पसल खुला गरिने भएको छ । जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले अनौपचारिक रुपमा बजारलाई केही सहज बनाउने सहमति गरेको हो ।

कमाण्ड पोष्टको आज मंगलबार बसेको बैठकमा व्यवसायीको मागअनुसार सुरक्षा सतर्कता अपनाएर बिहान ९ बजेसम्म सबैखाले पसल सञ्चालन गर्ने सहमति भएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए । लामो समयदेखि लकडाउन भएका कारण जनजीवन प्रभावित भइरहेका बेला व्यवसायीले सोमबार मात्रै बजार सहज गर्न स्थानीय प्रशासनसँग आग्रह गरेको थियो । स्थानीय प्रशासन र कमाण्ड पोष्टले औपचारिक रुपमा निर्णय गर्न सक्ने अवस्था नभएको र व्यवसायीको दबाव बढेसँगै अनौपचारिक सहमति गरेको बुझिएको छ ।

केहीदिन यता स्थानीय प्रशासन र प्रहरीले बजारक्षेत्रका पसलहरु बिहानको समयमा खुल्ला गर्न केही सहज समेत गर्दै आएको थियो । मंगलबार बिहान अधिकांश पसलहरु खुलेका थिए । केहीदिनदेखि स्थानीय प्रशासनले सहज गरेकै कारण कतिपय व्यवसायी दिनभर आधा सटर खुल्ला राखेर बस्ने समेत गरेका छन् । विशेषगरी मोवाइल पसल र कपडा पसल ग्राहक आउँदा दिउँसो पनि भित्री बाटो या सटर नै उठाएर व्यापार गरिरहेका छन् ।

Exit mobile version