हेटौंडाः विभिन्न घटनामा एकै दिन २ जना मृत फेला परेका छन् । दोलखा जिल्लामा २ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
दोलखाको मेलुङ गाउँपालिका–७ तामाकोशी नदीमा एक जना वृद्ध मृत फेला परेका हुन् । मृत फेला पर्नेमा मेलुङ गाउँपालिका–२ बाँसबोट का ८४ वर्षीय अमर बहादुर कार्की रहेको प्रहरीले जनाएको छ । कार्की सोमबार बिहान ६ बजेको समयमा आफ्नै घरबाट कसैलाई नसोधी हिडेकोमा बेलुका घर फर्कि नआएकोले स्थानिय र प्रहरी टोलीले खोजतलास गर्दा मंगलबार बिहान ११ बजेर ४५ मिनेटको समयमा तामाकोशी नदीको दुई ओटा ढुङगाको बिचमा मृत्त फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, दोलखाको भिमेश्चर नगरपालिका–५ पाखाटोलमा एक जना महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ४० वर्षीया सिता बसेल सार्की रहेको प्रहरीले जनाएको छ । सार्की सोमबारदेखि हराई बेपत्ता भएकोमा आफन्तहरुले खोजतलास गर्दा घर देखि ५ सय मिटर पर खोल्छीमा मृत अवस्थामा फेला परेकी थिइन् । मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि चरिकोट अस्पताल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
