हेटौँडाः चितवन जिल्लाको माडी नगरपालिका–४ अमरोलीमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ वर्षीया जियानी महतो रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
महतो ब्लडप्रेसर र सुगरको बिरामी भई उपचारको लागि बिहान ७ बजे बघौडा अस्पताल माडीमा लगिएकोमा उपचारको क्रममा साँझ ६ बजेर ४० मिनेटमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पीडित पक्षले अस्पतालको लापारवाही भनी शव बुझ्न नखोजेकोमा पिडित पक्ष र अस्पताल प्रशासन बिच छलफल समेत भएको थियो । छलफलमा कुरा नमिलेपछि पीडित पक्षले हो–हल्ला गरेकोमा राति २ बजेर ३५ मिनेटको समयमा शव आफ्न्तले बुझि लगेको प्रहरीले जनाएको छ ।
