Home अर्थ/व्यापार मुला प्रतिकेजी एक सय रुपैयाँ

मुला प्रतिकेजी एक सय रुपैयाँ

हेटौंडाः तरकारी बालीमा सस्तो तरकारीको रुपमा मुलालाई लिइन्छ । पछिल्लो समय हेटौँडा बजारमा मुलाको उपभोक्ता मूल्य उच्च भएको छ । सोमबार हेटौँडाको थोकबजारमा मुला प्रतिकेजी ९० रुपैयाँ र खुद्रा बजारमा मुला प्रतिकेजी १ सय रुपैयाँ पुगेको छ । १० दिन अगाडि मुला प्रतिकेजी ६० रुपैयाँदेखि ७० रुपैयाँमा बिक्री भइरहेको थियो ।

वर्षभरी हेटौँडामा पालुङबाट किसानले मुला पठाउँछन् । अहिले उत्पादनमा कमी आएसँगै मुलाको मुल्य बढेको तरकारी व्यवसायी मुन्ना केशरीले बताउनुभयो । धेरैजसो तरकारीको मूल्य स्थिर नै रहेको उहाँले बताउनुभयो । यस्तै लोकल गोलभेँडा ७० रुपैयाँ, भारतीय गोलभेँडा प्रतिकेजी ५० रुपैयाँ, काउली प्रतिकेजी ५० रुपैयाँ, भिन्डी, भन्टा, घिरौँला, चिचिण्डा र लौका प्रतिकेजी ३० रुपैयाँमा बिक्री हुँदै आएको व्यवसायी मुन्ना केशरीले जानकारी दिनुभयो ।

स्कुस प्रतिकेजी १५ रुपैयाँ, बोडि, घिउ सिमी र परवल प्रतिकेजी ५० रुपैयाँ, बन्दा र तिते करेला प्रतिकेजी ४० रुपैयाँ, काँक्रो हाइव्रीड प्रतिकेजी २५ रुपैयाँ र लोकल काँक्रो प्रतिकेजी ८० रुपैयाँ, फर्सी प्रतिकेजी २० रुपैयाँ, गाजर प्रतिकेजी १ सय रुपैयाँ र खुर्सानी प्रतिकेजी ८० रुपैयाँमा बिक्री भइरहेको छ ।

यसैगरी खुद्रा बजारमा गोलभेँडा प्रतिकेजी १ सय रुपैयाँ र भारतीय गोलभेँडा ७० रुपैयाँ, काउली प्रतिकेजी १ सय १० रुपैयाँ, भिन्डी प्रतिकेजी ४० रुपैयाँ, भन्टा, काँक्रो, चिचिण्डा र घिरौँला प्रतिकेजी ४० रुपैयाँमा बिक्री हुँदै आएको खुद्रा तरकारी व्यवसायी चुडामणि पौडेलले जानकारी दिनुभयो । यस्तै स्कुस प्रतिकेजी २० रुपैयाँ, बोडि प्रतिकेजी ५० रुपैयाँ, बन्दा प्रतिकेजी ८० रुपैयाँ, काँक्रो प्रतिकेजी ४० रुपैयाँ र लोकल काँक्रो प्रतिकेजी १ सय रुपैयाँ, तिते करेला र घिउ सिमी प्रतिकेजी ६० रुपैयाँ, फर्सी प्रतिकेजी ३० रुपैयाँ, परवल प्रतिकेजी ५० रुपैयाँ, गाजर प्रतिकेजी १ सय ६० रुपैयाँ र खुर्सानी १ सय २० रुपैयाँ र लोकल खुर्सानी प्रतिकेजी १ सय १० रुपैयाँमा बिक्री भइरहेको तरकारी व्यवसायी पौडेलले जानकारी दिनुभयो ।

Exit mobile version