Home मुख्य समाचार विज्ञान प्रदर्शनी कार्यक्रम हुँदै

विज्ञान प्रदर्शनी कार्यक्रम हुँदै

हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा आज मंगलबार विज्ञान प्रदर्शनी हुने भएको छ । इन्द्रसरोवर गाउँपालिकास्तरीय विज्ञान प्रदर्शनी कार्यक्रममा गाउँपालिकाभित्रका माध्यमिक तहका विद्यार्थीको सहभागिता रहने छ । एकदिने कार्यक्रममा ६ वटा माध्यमिक विद्यालयको सहभागिता रहने गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले जानकारी दिनुभयो ।

पन्तका अनुसार पालिकाले विज्ञान प्रदर्शनी कार्यक्रम वार्षिकरुपमा नियमित गर्दै आएको छ । कार्यक्रममा कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीको सहभागिता रहनेछ । विद्यार्थीहरुमा वैज्ञानिक संस्कारको विकास गर्दै खोज तथा अनुसन्धानमा प्रोत्साहन गर्ने उद्देश्यले वैज्ञानिक प्रदर्शनीको आयोजना गरिएको पन्तले बताउनुभयो । प्रदर्शनीमा एउटा विद्यालयले तीनजना विद्यार्थी सहभागी गराउन पाउने छ । प्रदर्शनीमा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार रुपैयाँ पुरस्कार पाउने छन् भने तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउने पन्तले बताउनुभयो । प्रदर्शनी गाउँपालिकाको सभाहलमा हुनेछ ।

Exit mobile version