Home मुख्य समाचार संविधान दिवसमा नेविसंघद्वारा दीप प्रज्वलन

संविधान दिवसमा नेविसंघद्वारा दीप प्रज्वलन

संविधान दिवसमा नेविसंघद्वारा दीप प्रज्वलन गरिदैँको तस्वीर ।

हेटौंडाः नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुर बहुमुखी क्याम्पस इकाई समितिले दस्प प्रज्वलन तथा राष्ट्रिय झण्डा राख्ने कार्यक्रम गरेको छ । नेविसंघ क्याम्पस इकाईले बुधबार क्याम्पस गेटअगाडि नवौं संविधान दिवसको अवसरमा दीप प्रज्वलन तथा राष्ट्रिय झण्डा राख्ने कार्यक्रम सम्पन्न गरेको हो ।

नेविसंघ केन्द्रीय कार्यसमितिबाट असोज ३ गते विभिन्न कार्यक्रम तथा अन्य रचनात्मक कार्यक्रम गरी संविधान दिवस मनाउन सबै जिल्ला समिति, विश्वविद्यालय समिति र क्याम्पस इकाई समितिहरुमा परिपत्र गरेको थियो । कार्यक्रम नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समिति अध्यक्ष बुद्ध बरामको सभाध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामाको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा नेविसंघ केन्द्रीय सदस्य मिलन पुडासैनीले पार्टी पहिला कि भातृ संगठन भन्ने सबाल गर्दै कुनै एक कार्यक्रममा केही अमुक व्यक्तिले नेपाली कांग्रेस जिल्ला कार्यसमिति नमान्ने अभिव्यक्ति दिएकोमा जिल्ला सदस्यको हैसियतले भत्सर्ना गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सहसचिव इन्दिरा न्यौपाने, किसान संघ बागमती प्रदेश अध्यक्ष मीरा स्याङ्तान, नेपाली कांग्रेस जिल्ला सदस्यद्वय कालु घलान र नवराज खतिवडा, हेटौंडा २ नम्बर वडा अध्यक्ष बिष्णुगोपाल महर्जन, नेविसंघ मकवानपुर जिल्ला उपाध्यक्ष सुशन रुम्बा, नेविसंघ मकवानपुर जिल्ला सचिव सुनिल भोम्जन, नेविसंघ मकवानपुर जिल्ला सहसचिव सुमन अर्याल, नेविसंघ मकवानपुर जिल्ला कोषाध्यक्ष दीपेन्द्र तिवारी, नेविसंघ हेटौंडा उपमहानगरपालिका इकाई समिति अध्यक्ष विवेक फुयाल, नेविसंघ मकवानपुर जिल्ला सदस्यद्वय भुवन घलान र विनोद तामाङ, नेपाली कांग्रेस हेटौंडा १५ नम्बर वडा इकाई समिति सचिव शान्ति लोप्चन, स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पस सभापति छोइसाङ लामा, नेविसंघ हेटौंडा क्याम्पस इकाई अध्यक्ष युवराज विश्वकर्मा, अखिल नेपाल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटी कोषाध्यक्ष तथा स्ववियु सदस्य सुजन सिलवाल र स्ववियु सदस्य आयुषा तिमल्सिनालगायतको उपस्थिति थियो ।

Exit mobile version