Home मुख्य समाचार प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी हुँदै

प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी हुँदै

फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा विज्ञान तथा प्रविधिसम्बन्धी प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । विज्ञान दिवसको अवसरमा आगामी असोज १ गते विज्ञान तथा प्रविधिसम्बन्धी प्रतियोगितात्मक प्रदर्शनी गर्ने उपमहानगरपालिकाका शिक्षा अधिकृत हरिचन्द्र सापकोटाले बताउनुभएको छ ।

हेटौंडाभित्रका माध्यमिक तहका विद्यालयहरुले सो प्रतियोगितामा भाग लिनेछन् । कार्यक्रम भूटनदेवी माध्यमिक विद्यालयमा हुनेछ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई जिल्लास्तरीय प्रतियोगिताका लागि छनोट गरिनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कारको व्यवस्था रहेको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभएको छ ।

माध्यमिक तहका विद्यार्थीहरुबीच सिर्जनशीलता, खोज, अनुसन्धान, नवप्रवर्तन र व्यावसायिकता प्रवद्र्वन गरी भविष्यमा विज्ञ र सीपयुक्त नागरिक बन्न सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता हुने बताइएको छ । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले अघिल्लो वर्ष असारको अन्त्यतिर हतारमा विज्ञान तथा प्रविधिसम्बन्धी प्रदर्शनी प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा हेटौंडाका ९ वटा विद्यालयहरुमात्र सहभागी भएको सापकोटाले बताउनुभएको छ ।

यो वर्ष धेरै विद्यालयहरु इच्छुक भएको सापकोटाले जानकारी दिनुभयो । प्रदर्शनीमा सहभागी हुने विद्यालयहरुले आगामी भदौ ३० गतेसम्म नाम दर्ता गराउनुपर्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रमको लागि बजेट र पुरस्कारको तयारी भइरहेको बताइएको छ ।

Exit mobile version