Home मुख्य समाचार लागुऔषधसहित हेटौँडा–८ का थिङ पक्राउ

लागुऔषधसहित हेटौँडा–८ का थिङ पक्राउ

सांकेतिक तस्विर ।

हेटौँडाः मकवानपुर प्रहरीले हेटौँडा–१० बैंकरोडबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–८ का ३० वर्षीय सुरज थिङ रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आइतबार पैदल हिँडिरहेका थिङलाई शंका लागी सुरक्षाजाँच गर्दा उनको साथबाट लागुऔषध फेनारगन ४५ एम्पुल, नुर्फिन ४५ एम्पुल र डाईजेपाम ४५ एम्पुल गरी १३५ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । बरामद भएको लागुऔषधसहित थिङलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version