Home मुख्य समाचार १६६ जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या १५६७

१६६ जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या १५६७

नियमित पत्रकार सम्मेलनमा बोल्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा ।

हेटौंडाः नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा १६६ जना नयाँ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनको क्रममा आज जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा १६२ जना पुरुष र ४ जना महिला संक्रमित भएका छन् ।

हालसम्म प्रदेश नम्बर १ मा १६५ जना, प्रदेश नम्बर २ मा ६२४ जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा २३ जना, प्रदेश नम्बर ५ मा ५६० जना, कर्णाली प्रदेशमा १२३ जना र सुदुरपश्चिम प्रदेशमा २७ जना संक्रमित रहेका छन् । संक्रमित मध्ये पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ । संक्रमित मध्ये २२० जना निको भएका छन् ।

Exit mobile version