Home अन्तरवार्ता “विद्यालयमा अभिभावकको उपस्थितिका आधारमा १० अंकको मूल्यांकन हुन्छ”

“विद्यालयमा अभिभावकको उपस्थितिका आधारमा १० अंकको मूल्यांकन हुन्छ”

रामशरण रिजाल, प्रधानाध्यापक, माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कूल

हेटौँडा–८, कमानेस्थित माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कूलले विद्यार्थीको प्रभावकारी सिकाईका लागि रचनात्मक कार्य गर्दै आएको छ । विद्यालय तहको शिक्षामा महत्वपूर्ण सुधारका लागि मकवानपुरका केही विद्यालयले सकारात्मक अभ्यास गरिरहेका छन् । माउण्ट एभरेष्टले पनि सुधारका प्रयास गरिरहेको छ । विद्यालयको शैक्षिक क्रियाकलापमा गर्दै गएको सुधारको विषयमा केन्द्रित भएर समृद्ध समाजका लागि सुप्रभा शर्माले माउण्ट एभरेष्टका प्रधानाध्यापक रामशरण रिजालसँग गरिएको कुराकानीको सम्पादित अंशः

समाजः विद्यालयको पठनपाठन कस्तो चल्दैछ ?
रिजालः
कोभिडको समय पछाडि त पठनपाठन बिग्रेको अवस्थामा पुगिसकेको थियो । त्यस समयमा विद्यार्थीको ध्यान डिजिटल प्रविधिमा धेरै लाग्ने पाएको थियो । हाल पठनपाठन ठिक ठाउँमा आएको पाउँछु ।

समाजः विद्यालयको प्रथम त्रैमासिक परीक्षा पनि सकिसकेको छ । यसबाट तपाईहरुको के कस्ता योजना बनाउनुपर्ने जस्तो लाग्छ ?
रिजालः
हामीले आसारको अन्तिममा परीक्षा सम्पन्न गर्यौं भने साउन महिनामा नतिजा प्रकाशन गर्यौं । हामीले विद्यार्थीको नतिजालाई दुइ भागमा विश्लेषण गरेका छौं । पहिलो भनेको १०० पूर्णाङ्कमा ५० नम्बर विद्यार्थीले कक्षामा पढेका विषयवस्तुको बारेमा उनीहरुले उत्तर दिन सक्छ कि सक्दैनन् भनेर हेरेका छौं । ५० नम्बर विद्यार्थीको व्यवहार, विद्यार्थीको विद्यालयमा उपस्थितिलाई हेरेका छौं । कक्षा नर्सरीदेखि २ कक्षाका विद्यार्थीका अभिभावक विद्यालयमा उपस्थिति कस्तो छ भनेर मूल्याङ्कनका लागि १० अङ्क विद्यालयले छुट्याएको छ । केही विद्यार्थीका बाहेक सबै विद्यार्थीको नतिजा राम्रै पाएका छौं ।

समाजः यो त प्राथमिक तहको विद्यार्थीका कुरा भयो, तपाईले मावि तहको विद्यार्थीको नतिजालाई कसरी लिनुभएको छ ?
रिजालः
मावि तहमा पनि हामीले कक्षा ८ देखिका विद्यार्थीको नतिजालाई बाँडेका थियौं । कक्षा नर्सरीदेखि २ कक्षासम्मका विद्यार्थीको परीक्षा प्रणालीलार्ई भन्दा पनि व्यवहारिक ज्ञानलाई प्राथमिकता दिइरहेका छौं । हरेक महिना विद्यार्थीका अभिभावकको बैठक राख्छौं । त्यस बैठकमा अभिभावकको कति सहभागिता छ भनेर हेर्छौं । त्यसैको आधारमा विद्यार्थीको प्रयोगात्मक नम्बर चढाउने गरेका छौँ । त्यसैगरी महिनाको एक चोटि विद्यार्थीका कक्षामा बसेको बेलाको गतिविधि, क्रियाकलाप र विचारलाई सुन्छौं र त्यसकै आधारमा नम्बर दिने गरेका छौं । कक्षा १० का विद्यार्थीको परीक्षा बाहिर हुने भए तापनि उनीहरुसँग पढाईको स्तरका कुरालाई हामी शिक्षकहरुबीच छलफल गरेर विद्यार्थीलाई सल्लाह दिन्छौँ ।

समाजः तपाइँहरुको योजना कसरी बन्छ ?
रिजालः
योजना बनाउनका लागि हामीसँग ५ जनाको टीम छ । यस्तो कुरा हाम्रो विद्यालयका प्रधानाध्यापक, विद्यालय सञ्चालक र लगानीकर्ताले मात्र गर्दैनौं । हाम्रो त्यस्ता विषयलाई बनाउने व्यक्ति शिक्षक पनि हुनुहुन्छ । उहाँहरु ५ जनाले हरेक निर्णय गर्ने गर्छ ।

समाजः विद्यालयले हासिल गरेको उपलब्धी के छन् ?
रिजालः
हाम्रो विद्यालय प्रशासनका निर्णय बनाउने क्रममा विद्यालयका प्रधानाध्यापक, कर्मचारीहरुबाट १ जना र विद्यार्थीहरुबाट २ जना र ५ जना विद्यालय प्रशासनसँगै राखेर ७ जनाको हामीले समूह बनाउँछौं । हामीले विद्यार्थीलाई सँगै राखेर काम गर्दा त्यसले धेरै नै मूल्यांकनमा सहयोग पुगेको जस्तो लाग्छ । पहिलो खुसी कहाँनिर भयौं भने विद्यार्थीको कुरा प्रधानाध्यापकका अगाडि राख्न पायो भन्ने कुराले खुसी हुन्छ भने हामीले महिनाको एक चोटि बैठक राख्ने गरेका छौं । त्यस बैठकमा उनीहरुले साथीहरुको कुुरालाई लिएर आउने गर्छन् । विद्यार्थीका अभिभावकहरुबाट सकारात्मक प्रतिक्रिया पाएका छौं । यसैगरी नगरपालिकाले बालमैत्री घोषणा गर्ने भनिएको छ । त्यसैले हामीले बाल समूहका पदाधिकारीहरुबाट धेरै कामहरु अगाडि बढाइरहेका छौं । हामीले शुक्रबार परीक्षा लिने भन्यो भने विद्यार्थीलाई कुरा सुन्ने २ जना शिक्षक प्रतिनिधि हुनुहुन्छ । उहाँहरुले विद्यार्थीलाई सोधेर मात्रै लिने गर्नुभएको छ । पाठको परीक्षा लिने क्रममा पनि कुन दिन लिने भनेर विद्यार्थीलाई सोध्छौं र विद्यार्थीले भनेको समयमा हामीले परीक्षा लिने गरेका छौं । यसले गर्दा विद्यार्थी र शिक्षक उत्साहित भएको पाएको छ ।

समाजः विद्यालयमा यस्तो कुरा राम्रो छ भनिरहँदा पनि तपाइलाई के कुरा राम्रो नभएको जस्तो लागेको छ ?
रिजालः
मैले नेतृत्व गरेको विद्यालयमा दुइवटा कुराको कमजोरी पाएको छु । पहिलो भनेको शिक्षक आवश्यकता भनेको विज्ञापनमा ८/१० जना आउनुहुन्छ होला । त्यसपछि हामीले लिखित परीक्षा लिने मौखिक परीक्षा लिने र कक्षाकोठा अवलोकन गर्ने विषय राखेका हुन्छौं । कहिलेकाहीँ विज्ञापन गर्दा कोही पनि आउनुहुन्न । त्यसबाट हामीलाई के कमजोरी लाग्छ भने हामीले गरेका कार्यको बारेमा समाजमा फिजाउन नसकेको कमजोरी देख्छु भने अर्काे कमजोरी भनेको विद्यालयले उठाउने गरेको फी अभिभावकबाट छिट्टै नपाएर कुराले विद्यार्थी र शिक्षकलाई प्रत्यक्ष असर परेको हो जस्तो लाग्छ ।

समाजः विद्यालयमा शिक्षक र विद्यार्थीबीच कस्तो सम्बन्ध रहेको पाउनुभएको छ ?
रिजालः
हाम्रो विद्यालयमा शिक्षक र विद्यार्थीबीच समधुर सम्बन्ध रहको पाएको छु ।

Exit mobile version