Home मुख्य समाचार आज हेटौंडाका ३६ जनाको रिपोर्ट कोरोना नेगेटिभ

आज हेटौंडाका ३६ जनाको रिपोर्ट कोरोना नेगेटिभ

हेटौंडाः हेटौंडास्थित आइसोलेसन वार्डमा रहेका २५ जनासहित ३६ जनाको पीसीआर परीक्षणमा कोरोना भाइरस संक्रमणको अवस्था नेगेटिभ आएको छ । आइसोलेसन वार्डमा रहेका २५ जना र कोरोना संक्रमित हेटौंडा–४ की ५४ वर्षीया महिलासँग सम्पर्कमा रहेका ११ जनाको पीसीआर परीक्षण नेगेटिभ आएको हेटौंडास्थित आइसोलेसेन वार्डका भोला चौलागाईले जानकारी दिनुभयो । कोरोना भाइरस संक्रमित महिलाकी परिवारको भने काठमाडौंमै पीसीआर परीक्षण हुने बताइएको छ ।

पीसीआर परीक्षणमा कोरोना संक्रमण नेगेटिभ आएपछि आइसोलेसन कक्षबाट बिहिबार २० जना डिस्चार्ज भएका छन् । यस्तै बिहिबार थप १३ जना आइसोलेसन वार्डमा भर्ना भएका छन् । अहिले हेटौंडास्थित आइसोलेसन वार्डमा ९ जना महिलासहित ३६ जना रहेको चौलागाईले बताउनुभयो । आइसोलेसन वार्डमा रहेकाहरु अधिकांश भारतबाट घर फर्किएकाहरु छन् भने केही अन्य जिल्लावासी समेत छन् ।

Exit mobile version