Home मुख्य समाचार बागमती पहिरो घटना अपडेटः एक जनाको शव फेला

बागमती पहिरो घटना अपडेटः एक जनाको शव फेला

हेटौँडाः पुर्वी मकवानपुरको बागमती गाउँपालिका–५, सिक्रे दोभानमा पहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला परेको छ । बुधबार बिहान ९ बजेर २० मिनेटको समयमा घटनास्थलबाट १० किलोमिटर तल बागमती खोलाको बगरमा २२ वर्षीया शिला पहरीको शव फेला परेको हो ।

यसअघि प्रहरीले पहिरोमा परी बेपत्ता रहेका ६० वर्षीय बुबा अक्कलबहादुर स्याङ्तनको शव फेला परेको जनाएको थियो । तर पछिल्लो जानकारी अनुसार अक्कलबहादुरको शव अझै फेला नपरेको प्रहरीले जनाएको छ । उक्त पहिरोमा परेका अक्कल बहादुर स्याङ्तानसहित २५ वर्षीय जीवन पहरी, ४ वर्षीय मिलन पहरी र आन्दाजी डेढ वर्षीया दिव्या पहरी अझै बेपत्ता छन् ।

मंगलबार बिहान आएको पहिरोमा परेकी ५५ वर्षीया सन्तमाया स्याङ्तानको भने उपचारको क्रममा मृत्यु भएको थियो । यस्तै पहिरोमा परी बेपत्ता भएका १७ वर्षीय पासाङ घिसिङको भने मंगलबार दिउँसो ४ बजेतिर घाइते अवस्थामा उद्धार गरिएको थियो । घिसिङको अहिले हेटौंडामा उपचार भइरहेको छ ।

Exit mobile version