Home अर्थ/व्यापार शिवशिखरका अध्यक्षसँग हेटौँडामा पनि वयान

शिवशिखरका अध्यक्षसँग हेटौँडामा पनि वयान

हेटौँडाः सदस्यको रकम हिनामिना गरेको अभियोगमा प्रहरीको नियन्त्रणमा रहेका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले हेटौँडामा वयान लिएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा वयान लिएर शर्मालाई जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरी केन्द्रीय अनुसन्धान व्युरोको नियन्त्रणमा रहेका शर्मालाई मंगलबार बयानका लागि हेटौँडा ल्याइएको थियो । शर्मासँग बुधबार बयान लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । प्रवक्ता कार्कीका अनुसार बयानका क्रममा अध्यक्ष शर्माले सहकारीको धेरै शाखाहरु विस्तार भएपछि व्यवस्थापनमा कमजोरी भएर समस्या भएको बताएको प्रहरीले जनाएको छ । शर्माविरुद्ध करिब २ महिनाअगाडि सहकारी ठगीविरुद्ध मुद्दा दर्ता भएको उहाँले बताउनुभयो ।

शर्माविरुद्ध विभिन्न जिल्लामा मुद्दा परेकाले मुद्दा दायर भएको जिल्लामा पु¥याएर वयान लिइएको प्रवक्ता कार्कीले जानारी दिनुभएको छ । शर्माविरुद्ध एक दर्जनभन्दा बढी ठाउँमा मुद्दा दर्ता भएको छ । ५ महिनाअघि हेटौंडा–२, पारिजातपथस्थित शिवशिखर सहकारीको शाखा कार्यालयमा ताला लगाएर सञ्चालक फरार भएका थिए ।

Exit mobile version