Home अर्थ/व्यापार बागमती व्यापार व्यवसायी संघको अध्यक्षमा पुलामी चयन

बागमती व्यापार व्यवसायी संघको अध्यक्षमा पुलामी चयन

बागमती गाउँपालिकाको व्यापार व्यवसायी संघको अध्यक्षमा चित्र बहादुर पुलामी

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाको व्यापार व्यवसायी संघको अध्यक्षमा चित्र बहादुर (उमेश) पुलामी सर्वसम्मत चयन हुनुभएको छ । पालिकाका व्यवसायीहरुको मंगलबार भएको भेलाबाट पुलामी अध्यक्षमा चयन हुनुभएको हो ।

पुलामीको अध्यक्षतामा १३ सदस्यीय व्यवसायी संघ गठन गरिएको छ । संघको उपाध्यक्षमा गोकुल खड्का, सचिवमा प्रकाश रेग्मी, सह–सचिवमा सोनामसिंह घिसिङ र कोषाध्यक्षमा प्रमोद साह चयन हुनुभएको छ । केही सदस्यहरु पछि थप गरिने अध्यक्ष पुलामीले बताउनुभयो । कपडा व्यवसायी पुलामीले आफ्नो कार्यकालमा पालिकाभित्रका व्यवसायीहरुको समस्याहरुलाई समाधान गर्न आवश्यक पहल गरिने बताउनुभयो ।

संघको नवनिर्वाचित समितिको कार्यकाल ५ वर्षको रहनेछ । पालिकाका जेष्ठ व्यवसायी धनपति तिमल्सिनाको सभाध्यक्षतामा भएको भेलामा पालिकाभित्रका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version