जिल्ला प्रशासन कार्यालय मकवानपुर .

हेटौँडाः अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा होटलबाट पक्राउ परेकाहरु धरौटीमा रिहा भएका छन् । आइतबार होटल सञ्चालक र पक्राउ परेका महिलाहरु प्रतिव्यक्ति ४ हजार रुपैयाँ धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रमुख टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएको ७ दिनमा उनीहरु रिहा भएका हुन् । गत आइतबार राति हेटौँडाको बसपार्क क्षेत्रबाट प्रहरीले होटल सञ्चालकसहित ७ जना महिलालाई पक्राउ गरेको थियो ।