Home मुख्य समाचार प्रहरी उपरीक्षक गौतमको विदाई

प्रहरी उपरीक्षक गौतमको विदाई

रमुख प्रहरी उपरीक्षक वामदेव गौतमलाई विदाई पछि सामुहीक तस्वीर खिचाउदै।

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमलाई विदाई गरिएको छ । आइतबार एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी उपरीक्षक गौतमलाई विदाई गरेको हो ।

२०५७ साल माघ १३ गते प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गर्नुभएका प्रहरी उपरीक्षक गौतम आज सोमबार ५५ वर्ष पूरा भई उमेर हदका कारण सेवा निवृत्त हुनुहुँदैछ । उपरीक्षक गौतमले गतवर्ष साउनमा मकवानपुरको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले एक वर्ष मकवानपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको हो ।

विदाई कार्यक्रममा प्रहरी उपरीक्षक गौतमले संगठनमा लामो समय कार्यरत रहँदाको आफ्नो अनुभव सुनाउनुभयो । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी र कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थितिमा गौतमलाई विदाई गरिएको हो ।

Exit mobile version