Home मुख्य समाचार चौकीटोलमा ट्याक्टरको ठक्करबाट बालिका गम्भीर घाइते

चौकीटोलमा ट्याक्टरको ठक्करबाट बालिका गम्भीर घाइते

सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा–१, चौकीटोलस्थित तरकारी बजार नजिक ट्याक्टरको ठक्करबाट एक जना बालिका गम्भीर घाइते भएकी छिन् । मंगलबार साँझ ५ बजेर ४० मिनेटको समयमा तरकारी बजारबाट चौकीटोलतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ त ०४९० नम्बरको ट्याक्टरकोे ठक्करबाट पैदल यात्री ८ वर्र्षीया रिया मोक्तान गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्याक्टरले ठक्कर दिदाँ मोक्तानको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । मोक्तानको स्वास्थ्य अवस्था गम्भीर रहेपछि थप उपचारको लागि भरतपुर रेफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version