Home मुख्य समाचार जिसस मकवानपुरद्वारा ४४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

जिसस मकवानपुरद्वारा ४४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

छात्रवृत्ति वितरणपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले ४४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी जिल्लाभित्रका आठ सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर तह अध्ययनरत ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।

प्रतिविद्यार्थी ९ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति पाउनेमा मकवानपुर बहुमुखी क्याम्पसबाट सम्झना महर्जन, पूर्णिमा पोखरेल, निष्मा घिमिरे, सुजिना श्रेष्ठ र उसिपा पौडेल रहेका छन् । यस्तै हेटौँडा क्याम्पसबाट निमा महत, आशिष घलान, अजिता बिडारी र ज्योति पुडासैनी रहेका छन् । यस्तै वंशगोपाल बहुमुखी क्याम्पसबाट अनुजा ढकाल, उत्कर्ष पौडेल, सन्तोष पुडासैनी र सुभाष राई रहेका छन् । थाहा नगरपालिकास्थित पालुङ बहुमुखी क्याम्पसबाट एलिना मोक्तान, सविता अधिकारी, देवनाथ वाईबा, सरु थोकर, सुनिता भट्ट, खुशी थोकर, पुष्पा पाख्रिन र रोजिना बलामी रहेका छन् ।

यस्तै निर्मल बहुमुखी क्याम्पसका पावल प्रजा, विष्णुमाया थोकर, समिना थोकर, गोमा स्याङ्तान, सुनिता बल, सुनिल थिङ, अस्मिता थिङ र सुस्मिता स्याङ्तान रहेका छन् । यस्तै मनहरी बहुमुखी क्याम्पसबाट गुणराज स्याङ्बो, शितल लामा, दिपेन्द्र प्रजा, मनिराज मोक्तान, लेबी भोलन र निराजन अर्याल रहेका छन् । यस्तै पदमपोखरी बहुमुखी क्याम्पसका मिरा वाईबाले छात्रवृत्ति पाएका छन् । हटिया जनप्रिय बहुमुखी क्याम्पसबाट सरस्वती ढकाल, बिनिता तिमल्सिना, सुजता राई, मुना गोले, पुष्पा बास्तोला, प्रमिला स्याङ्बो र आइश्री भोलन रहेका छन् ।

छात्रवृत्ति वितरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै जिसस मकवानपुरका प्रमुख ललित घलानले जिल्लाभित्रका सामुदायिक क्याम्पसमा अध्ययनरत आर्थिक समस्या भएका केही विद्यार्थीलाई समेटेर छात्रवृृत्ति वितरण गरिएको बताउनुभयो । उहाँले सबै विद्यार्थीले आफ्नो पढार्ईलाई निरन्तरता दिन सक्नुपर्ने बताउनुभयो । जिसस मकवानपुरका उपप्रमुख सानुकाजी लुइटेलको सभाध्यक्षतामा भएको छात्रवृत्ति वितरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर प्रमुख दीनानाथ गौैतम, जिससका सदस्यहरु र क्याम्पसका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version