Home मुख्य समाचार कान्तिलोकपथ दुर्घटना अपडेटः चालकको मृत्यु

कान्तिलोकपथ दुर्घटना अपडेटः चालकको मृत्यु

फाईल तस्विर ।

हेटौँडाः कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८, गंगटेमा कार दुर्घटनामा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी कार चालक हेटौँडा–३, बसामाडीका ३० बर्षीय बिबेक लामाको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभएको छ ।

कारमा सवार मकवानापुरको भिमफेदी गाउँपालिका–५ का ४५ बर्षीय राजकुमार बल घाइते भएका छन्। मंगलबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा बि सि ए ०५३७ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा बलको छातीमा चोट लागेको र बोल्न सक्ने अवस्थामा दुर्घटनास्थलबाट उद्दार गरी उपचारका लागि हेटौँडातर्फ पठाएको प्रवक्ता कार्कीले जानकारी दिनुभएको छ ।

Exit mobile version