Home मुख्य समाचार तरकारीको मूल्य घट्यो, आँप प्रतिकेजी ४० रुपैयाँ

तरकारीको मूल्य घट्यो, आँप प्रतिकेजी ४० रुपैयाँ

फाइल तस्विर ।


हेटौँडाः हेटौँडामा पछिल्लो समय तरकारीको मूल्य सस्तिएको छ । आलु, बन्दा, गोलभेंडा लगायतका तरकारीको मूल्यमा गिरावट आएको थोक तरकारी व्यवसायी रामकाजी पाठकले जानकारी दिनुभयो ।

आइतबार थोक तथा तरकारी बजारमा गोलभेडा ९ रूपैयाँ प्रतिकेजीमा बिक्री भएको छ । बन्दा १० रूपैयाँ प्रतिकेजी र आलु पुरानो ३८ रुपैयाँ र नयाँ प्रतिकेजी ४७ रूपैयाँमा बिक्री भएको छ । यस्तै भिन्डी ४० रूपैयाँ प्रतिकेजी, बोडी ३० रूपैयाँ प्रतिकेजी, घिरौँला २० रूपैयाँ प्रतिकेजी, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी, करेला ४५ रूपैयाँ प्रतिकेजी, पर्वल ३० रूपैयाँ प्रतिकेजीमा बिक्रि भइरेहेको व्यवसायी पाठकले जानकारी दिनुभयो ।

यस्तै थोक तरकारी व्यवसायी श्रीकृष्ण बर्तौलाका अनुसार हेटौँडामा अहिले स्थानीय आलु खपत भइरहेको र ग्रेडिङ गरेको आलु बजारमा नआउँदा पाउनुपर्ने जति भाउ पाउनु सकेको छैन । उहाँका अनुसार आलुको थोक मूल्य प्रतिकेजी ३८ रुपैयाँ रहेको छ । केही दिनदेखि बजारमा आँपको मूल्य पनि घटेको छ । आइतबार ४० रूपैयाँ प्रतिकेजीमा आप बिक्री भइरहेको छ । स्याउ भने प्रतिकेजी २७० रूपैयाँ र अनार ३ सय रूपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ । आँपको मौसम सुरु भएसँगै हेटौँडा बजार क्षेत्रमा ठेलामा आँप विक्री गर्ने व्यापारीको लर्को नै लाग्ने गरेको छ । थोकमा ४० रुपैयाँ रहेको आँपको मूल्य खुद्रा भने ८० रुपैयाँसम्ममा विक्री भइरहेको छ ।

Exit mobile version