Home अर्थ/व्यापार उपभोक्ता मञ्चमा अधिकारी निर्वाचित

उपभोक्ता मञ्चमा अधिकारी निर्वाचित

सुनिल अधिकारी ।

हेटौँडाः उपभोक्ता मञ्च मकवानपुर अध्यक्षमा सुनिल अधिकारी चयन हुनुभएको छ । शनिबार हेटौँडामा भएको मञ्चको जिल्ला अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको उपाध्यक्षमा श्रीकृष्ण कर्माचार्य, सचिव विजय कार्की र गंगाप्रसाद पौडेल, कोषाध्यक्ष सुधिर दाहाल तथा सदस्यमा मिनु अग्रवाल, भूपेन्द्र अधिकारी, भवनाथ अधिकारी, श्यामलाल दुलाल, शकुन्तला ब्लोन, इश्वरी सिंह ठकुरी, लक्ष्मी श्रेष्ठ र श्रवण सुनार रहेका छन् ।

उपभोक्ता मञ्च मकवानपुरका अध्यक्ष कुमार पौडेलको अध्यक्षतामा अधिवेशन भएको हो । अध्यक्षमा चयन भएका अधिकारीले उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । व्यापार व्यवसायमा आवद्ध भएकाहरुले उपभोक्ताको अधिकारलाई पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । संस्थागत एवम् उपभोक्ताको हितमा योजनाबद्ध रुपमा अघि बढ्ने अध्यक्ष अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्ला अधिवेशनसँगै शनिबार उपभोक्ता मञ्चको केन्द्रीय महाधिवेशन समेत हेटौँडामा भएको थियो । महाधिवेशनबाट मकवानपुरका निवर्तमान अध्यक्ष कुमार पौडेल केन्द्रीय उपाध्यक्ष चयन हुनुभएको छ ।

Exit mobile version