Home अर्थ/व्यापार औषधी व्यवसायी संघको खुद्रातर्फ अनिष, बजार अनुगमनमा संघर्ष संयोजक

औषधी व्यवसायी संघको खुद्रातर्फ अनिष, बजार अनुगमनमा संघर्ष संयोजक

बैठकबाट उपसमिति गठनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः मकवानपुर औषधी व्यवसायी संघले दुइवटा उपसमिति गठन गरेको छ । शुक्रबार बसेको बैठकले खुद्रातर्फ अनिष सुवेदी र बजार अनुगमनतर्फ संघर्ष गुरुङको संयोजकत्वमा उपसमिति गठन गरिएको अध्यक्ष नारायणलाल श्रेष्ठले जानकारी दिनुभयो । औषधी व्यवसाय र व्यवसायी दुवैलाई मर्यादित, जिम्मेवार र त्रुटीरहित बनाउन उपसमिति बनाएर आवश्यक सहजीकरण गर्ने प्रयास गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

औषधीजस्तो संवेदनशील क्षेत्रमा बेला बेलामा उपभोक्ताको गुनासो आउने गरेकोले त्यस्तो गुनासो आगामी दिनमा नआओस् र व्यवसायी र व्यवसायप्रति नै जनविश्वास बढाउन संघले आवश्यक कार्य गर्न खोजेको उहाँको भनाइ छ । खुद्रा समितिमा सुशान्त लामा, बलराम साह, आशिष नेपाल, मिलन लामा, सञ्जीव आले मगर र हरि बहादुर लामा सदस्य रहनुभएको छ । बजार अनुगमन समितिमा नेहा ठाकुर, रन्जित कुमार ठाकुर, सविना विडारी, दिपेश कुमार श्रीवास्तव, भागवत तिमल्सिना सदस्य रहनुभएको छ ।

यस्तै डा. टिकाराम राईलाई पूर्वी क्षेत्र फापरबारीको संयोजक, रामु दराईलाई पश्चिम क्षेत्र मनहरीको संयोजक र श्याम थापालाई उत्तरीक्षेत्र पालुङको संयोजकको जिम्मेवारी दिइएको संघका अध्यक्ष नारायणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

Exit mobile version