हेटौँडाः हेटौँडा–१६, हटियास्थित जनप्रिय माविमा शैक्षिक वर्ष २०८० को छात्रवृत्ति वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद खतिवडाको अध्यक्षता तथा हेटौँडा १६ का वडाअध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यमा बिहिबार छात्रवृत्ति वितरण गरिएको हो ।
विद्यालयमा १ कक्षादेखि ८ कक्षासम्म अध्ययनरत ४ सय ६३ जना छात्रा तथा दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले जानकारी दिनुभएको छ । छात्रवृत्ति वितरण कार्यक्रममा शिक्षक अभिभावक संघ (पीटीए) का अध्यक्ष गुणराज रानाको पनि उपस्थिति रहेको थियो ।