Home मुख्य समाचार विश्व रक्तदाता दिवसमा रक्तदान

विश्व रक्तदाता दिवसमा रक्तदान

रक्तदान गर्दै रक्तदाताहरु

हेटौँडाः नेपाल रेडक्रस सोसाइटी पशुपतिनगर उपशाखा हेटौंडा–९ को आयोजनामा विश्व रक्तदाता दिवस (जुन १४) को अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति लालबहादुर थापाको प्रमुख आतिथ्य तथा उपशाखा सभापति जनक लम्सालको सभापतित्वको रक्तदान कार्यक्रम भएको हो ।

मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ । “नियमित रुपमा रगत तथा प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं” भन्ने नाराका साथ यस वर्षको रक्तदाता दिवस मनाइएको हो । नेपाल रेडक्रस सोसाइट २०२३ साल साउन १२ गतेदेखि रक्तसञ्चार सेवा गर्दै आइरहेको छ ।

कार्यक्रममा जिल्ला शाखाका उपसभापति खेमराज सापकोटा, यशोदा श्रेष्ठ, मन्त्री सुमित्रा काफ्ले, सदस्य गोकर्ण सुवेदीलगायत उपशाखा समितिका सदस्यहरुको उपस्तिथि रहेको कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् ।

Exit mobile version