हेटौँडाः जिल्ला खेलकुद विकास समिति मकवानपुरमा एक तल्ला थप गर्ने कार्य भइरहेको छ । जेठ मसान्तसम्ममा निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइए पनि केही ढिला भएको छ । हेटौँडा–४ मा निर्माणाधिन भवन जेठ मसान्तभित्र निर्माण सक्ने जनाएको थियो । वैशाख १९ गतेदेखि निर्माण कार्य सुरु भएको भवन निर्माण कार्य भइरहेको छ ।
जिल्ला खेलकुद विकास समिति सदस्य उमेश बुढाथोकीकाअनुसार सम्झौता ढिलो भएको, समयको अभाव, कर्मचारीको अभाव, मेसिन औजारको अभाव, ढलान, पिलरसहित पक्की भवन निर्माण गरिरहेकाले ढिला भएको छ । यस्तै करिव एक महिना बाँसहरु राखेका कारण, बिजुलीबाट हुने कामहरु रोक्नुपर्दा निर्माण कार्य रोक्नुपरेको उहाँको भनाइ छ ।
हेटौँडा उपमहानगरको २२ लाख रुपैयाँ र उपभोक्ता समितिको २ लाख ४४ हजार रुपैयाँ बजेटमा भवन निर्माण भइरहेको छ । शौचालय, चेन्जिङ रुम, मिटिङ हलका लागि ३ वटा कोठा थप गर्न लागिएको बुढाथोकीले जानकारी दिनुभयो ।
