Home मुख्य समाचार गाई काटेको आरोपमा पक्राउ परेका धरौटीमा रिहाई

गाई काटेको आरोपमा पक्राउ परेका धरौटीमा रिहाई

जिल्ला प्रहरी कार्यालय मकवानपुर

हेटौँडाः गाई काटेको आरोपमा पक्राउ परेका धरौटीमा रिहा भएका छन् । शुक्रबार साँझ बकैया–५, स्थित तीनतलेबाट गाई काटेर भाग लगाइरहेको अवस्थामा मकवानपुर प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो । सोमबार जिल्ला अदालतले पक्राउ परेकालाई जनही २५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

बरामद गरिएको गाईको मासु परीक्षणका लागि पठाइएको कार्कीले बताउनुभयो । अभियोग पुष्टि भएमा ३ वर्षको जेल सजाय हुन सक्ने व्यवस्था रहेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय जयराम स्याङ्तान, ४८ वर्षीय दिनेश थिङ, ५५ वर्षीया माइली थिङ, ६३ वर्षीया साइली माया गोले र ४८ वर्षीया सपना स्याङ्तान रहेका रहेका थिए । प्रहरीले ४० केजी गाईको मासुसहित उनीहरुलाई पक्राउ गरेको थियो ।

Exit mobile version