Home मुख्य समाचार त्रिवेणी आविको वार्षिकोत्सव एवम् अभिभावक भेला सम्पन्न

त्रिवेणी आविको वार्षिकोत्सव एवम् अभिभावक भेला सम्पन्न

हेटौंडाः हेटौंडा—९ स्थित त्रिवेणी आधारभूत विद्यालयको ३४ औं वार्षिकोत्सव एवम् अभिभावक भेला सोमबार सम्पन्न भएको छ । हेटौंडा—९ का वडाध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज धिमालको सभाध्यक्षतामा भेला भएको हो ।

भेलालाई सम्बोधन गर्दै वडा अध्यक्ष केसीले विद्यालयलाई सहयोग गर्दै आइरहेको र त्यसलाई निरन्तरता दिइने प्रतिबद्वता जनाउनुभयो । भेलामा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, पूर्वप्रधानाध्यापक र विद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्तिलाई सम्मान गरिएको छ । पूर्वअध्यक्षहरु ईश्वरी न्यौपाने, स्वर्गीय पदमबहादुर थापा, अमृता दुलाल, धु्रव लामिछाने, शिवराज आचार्य, निवर्तमान अध्यक्ष ताराप्रसाद लामिछानेलाई सम्मानित गरिएको छ । यस्तै, पूर्वप्रधानाध्यापक लोकमणि कोइराला, अन्नपूर्ण डंगोल, प्रदीप झा, रुद्रा घिमिरेलाई सम्मानित गरिएको छ ।

विगत ४ वर्षदेखि २ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै आइरहनुभएका र विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई स्टेशनरी सामग्री उपलब्ध गराउँदै आउनुभएका समाजसेवी विकेशलाल श्रेष्ठलाई सम्मानित गरिएको छ । यसैगरी सोही दिन टिभी सहयोग गर्नुभएका अशोक सिंहलाई पनि सहयोग गरिएको छ । विगत ४ वर्षदेखि कोचिङ तथा अतिरिक्त कक्षाबाट उठेका रकम विद्यालयलाई सहयोग गर्दै आइरहनुभएका चन्द्रमाया उप्रेतीलाई सम्मानित गरिएको छ ।

कक्षामा उत्कृष्ट हुने विद्यार्थी, अनुशासन, जेहेन्दार, नियमित विद्यालय आउने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । यस शैक्षिक सत्रमा नयाँ भर्ना हुन आएका ४२ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सुशीला पौडेलले जानकारी दिनुभयो । विद्यालयमा करिब २ सय जना विद्यार्थी अध्ययनरत् छन् ।

Exit mobile version