Home खेलकुद जेसीज सप्ताहमा हाजिरीजवाफ

जेसीज सप्ताहमा हाजिरीजवाफ

प्रथम हुने समुहलाई पुरस्कार वितरण गरिदै ।

हेटौंडाः जेसीआई हेटौंडाले मंगलबार आयोजना गरेको खुला हाजिरी जवाफ प्रतियोगितामा समूह ई प्रथम हुन सफल भएको छ । यस्तै समूह ए द्वितीय र समूह डी तृतीय हुन सफल भएका छन् । अनिषा थापा, वर्षा न्यौपाने र सुस्मिता कोइरालाको समूह ए ले एक सय ५५ अंक प्राप्त गर्दै प्रथम हुन सफल भएको हो । सुमित्रा न्यौपाने, सुरजकुमार यादव र विवेक तिमल्सिनाको समूहले एक सय ३० अंक प्राप्त गर्दै द्वितीय हुन सफल भएका छन् । सुनिल न्यौपाने, सन्ध्या देवकोटा र उचित बजागाईंको समूहले एक सय १५ अंक प्राप्त गर्दै तृतीय हुन सफल भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ९ हजार रुपैयाँ, ६ हजार रुपैयाँ र ३ हजार रुपैयाँ ले पुरस्कृत गरिएको छ ।

१३ वटा समूहबीच प्रतिस्पर्धा गरिएको थियोे । फाइनलमा ७ समूह प्रवेश गरेका थिए । जेसीआई हेटौंडाका अध्यक्ष श्रवणकुमार बर्ताैलाको सभाध्यक्ष तथा मकवानपुर क्याम्पसका सञ्चालक समिति अध्यक्ष अनन्त पौडेलको प्रमुख आतिथ्यमा प्रतियोगिता भएको हो । जेसीआई हेटौंडाका निवर्तमान अध्यक्ष सिनेटर पवनकुमार कंसाकार, जेसीआई हेटौंडाका पूर्वअध्यक्षहरु सिनेटर कुशकुमार रिजाल, सिनेटर देबेन्द्रध्वज कार्कीको आतिथ्यता रहेको थियो । जेसीजका महासचिव जेसी बिबेकानन्द न्यौपानेको संयोकत्वमा प्रतियोगिता भएको । जेसी अमृत बर्तौलाले स्वागत मन्तव्य राख्नुभयो । जेसीजको साताव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन हाजिरी जवाफ प्रतियोगिता भएको हो ।

Exit mobile version