Home मुख्य समाचार मकवानपुर क्याम्पसको कक्षा ११ को परीक्षा मिति सर्यो

मकवानपुर क्याम्पसको कक्षा ११ को परीक्षा मिति सर्यो

मकवानपुर बहुमुखी क्याम्पस ।

हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसकोे कक्षा ११ को वार्षिक परीक्षा सरेको छ । यही जेठ ७ गतेदेखि हुने भनिएको वार्षिक परीक्षा जेठ १६ गतेबाट सुरु हुने भएको क्याम्पसले जनाएको छ ।

क्याम्पसले मंगलबार एक सुचना जारी गर्दै परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरिएको परीक्षा तालिका अनुसार जेठ १६ गतेदेखि सुरु भई २६ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षा बिहान ७ बजेदेखि ११ बजेसम्म हुनेछ ।

विज्ञान, वाणिज्य, मानविकी र शिक्षाशास्त्र संकायमा पठनपाठन हुने मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा ११ मा १ हजार ३ सय २६ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ को परीक्षा विद्यालय तथा क्याम्पस आफैले आन्तरिक रुपमा लिने व्यवस्था छ ।

Exit mobile version