Home मुख्य समाचार रेडक्रसको मनहरी उपशाखा सभापतिमा कार्की

रेडक्रसको मनहरी उपशाखा सभापतिमा कार्की

नवनिर्वाचित सभापति मोहन कार्कीलाई टिका लगाएर बधाई दिँदै ।

हेटौंडाः नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाको सभापतिमा मोहन कार्की निर्वाचित हुनुभएको छ । बिहीबार भएको साधारणसभाबाट कार्कीको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरिएको छ ।

साधारणसभाबाट उपसभापतिमा अन्जु कार्की, सचिवमा पुष्कर सुवेदी, कोषाध्यक्षमा शिवकुमार रिजाल, उपसचिवमा धर्मबहादुर थापा, उपकोषाध्यक्षमा सिताराम अधिकारी निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा गंगा पाठक, राजन मैनाली, तारा उप्रेती, हरिप्रसाद कालाखेती र कमला मैनाली चयन हुनुभएको छ । रेडक्रस उपशाखाको साधारणसभामा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, रेडक्रस मकवानपुरका सभापति लालबहादुर थापाको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version