Home स्वास्थ्य आइसोलेसनलाई आवश्यक सामग्री हस्तान्तरण

आइसोलेसनलाई आवश्यक सामग्री हस्तान्तरण

हेटौंडा–४ स्थित, आइसोलेसनका इन्चार्ज भोला चौलागाईलाई सामाग्री हस्तान्तरण गर्दै रेडक्रस मकवानपुरका सभापति सुर्यचन्द्र न्यौपाने

हेटौंडाः नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा मकवानपुरले हेटौंडा–४ स्थित, हेटौंडा अस्पतालले निर्माण गरेको आइसोलेसनका लागि झुल, बाल्टिन, कम्बल र तन्ना ५ सेट हस्तान्तरण गरेको छ ।

रेडक्रस मकवानपुरका सभापति सुर्यचन्द्र न्यौपानेले आइसोलेसनका इन्चार्ज भोला चौलागाईलाई आज हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा रेडक्रम सोसाइटी जिल्ला शाखा मकवानपुरका कोषाध्यक्ष पिताम्बर बास्तोला लगायत कार्यालय प्रमुख लक्ष्मण भट्टराइको उपस्थिती रहेको थियो ।

Exit mobile version