हेटौंडाः रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका–५, छोदुमको एक टहरोमा आगलागी हुँदा एक दम्पतिको मृत्यु भएको छ ।
आईतबार दिउँसो चुल्होबाट टहरोमा आगलागी हुदा ८६ वर्षीया लोप्साङ तामाङ र ८६ वर्षीया छेकी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट टहरो लगायत टहरो भित्र रहेका लत्ता कपडा, आन्नपात पूर्णरुपमा नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
