Home मुख्य समाचार अमेरिकी अटोमेटिक पेस्तोलसहित पदमपोखरीका घलान पक्राउ

अमेरिकी अटोमेटिक पेस्तोलसहित पदमपोखरीका घलान पक्राउ

सांकेतिक तस्विर ।

हेटौंडाः मकवानपुर प्रहरीले अमेरिकी अटोमेटिक पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

सूचनाको आधारमा पूर्व–पश्चिम सडकखण्डको हेटौंडा–३, सरस्वती पेट्रोल पम्म नजिक हिँडिरहेको अवस्थामा हेटौंडा–१२, पदमपोखरी भोर्लेका ४४ वर्षीय सुमन भन्ने सुरेश घलानलाई शनिबार पेस्तोलसहित पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । प्रहरीले घलानको साथबाट पेस्तोल र म्यागेजिन मात्रै बरामद गरेको जनाएको छ । प्रहरीले घलानलाई हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version