Home अर्थ/व्यापार बागमतीका अग्नि पीडितलाई व्यवसायीको सहयोग

बागमतीका अग्नि पीडितलाई व्यवसायीको सहयोग

अग्नि पीडितलाई सहयोग सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका–२, कालिखोलाका अग्नि पीडितलाई सहयोग हस्तान्तरण गरिएको छ । मकवानपुरका व्यवसायीको एक समूहले शनिबार पीडित परिवारमै पुगेर गाउँपालिकाका अध्यक्ष सर्केश घलान, वडा अध्यक्ष जनक पहरीको उपस्थितिमा सहयोग सामग्री हस्तान्तरण गरेका छन् ।

गत आइतबार दिउँसो वन क्षेत्रको डँढेलोले बागमती गाउँपालिका–२, कालिखोलाका सन्त बहादुर स्याङ्तानको घर जलेर नष्ट भएको थियो । आगलागीबाट १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको थियो । आगलागीबाट ७० वर्षीय आइतसिंह स्याङ्तान सामान्य घाइते समेत भएका थिए ।

कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुर, सिलाई व्यवसायी संघ मकवानपुर, मकवानपुर भाडा व्यवसायी संघ, चप्पल जुत्ता व्यवसायी संघ मकवानपुरको संयुक्त प्रयासमा खाद्यान्न, लत्ता–कपडा, भाँडाकुँडा सहयोग गरिएको कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरका अध्यक्ष नेत्र प्रसाद खतिवडाले जानकारी दिनुभएको छ । अग्नि पीडितलाई खाद्यान्न व्यवसायी बिष्णु प्रसाद खतिवडाले पनि सहयोग गर्नुभएको छ । व्यवसायीले ११ जनाको स्याङ्तान परिवारलाई एक महिनालाई पुग्ने गरी सामग्री हस्तान्तरण गरेको खतिवडाले जानकारी दिनुभयो ।

Exit mobile version