Home कला “असत्य”

“असत्य”

श्यामप्रसाद श्रेष्ठ

एउटी बुढी आमैले टिभिमा केहि नेताहरुले एउटा युवकलाई देश निकाला गर्नु पर्दछ भनी बिरोध गरेको सुनेर आफ्नो छोरालाई सोधिन्, “हैन छोरा, यहाँ चोर, डाँका, हत्यारा, भ्रष्ट्राचारी, अन्यायी अत्याचारीहरु गर्वले शीर ठाडो गरी शानले हाम्रै वरिपरि हिँड्छन्, घुम्छन्, तिनीहरुको बिरुद्धमा कोही बोल्दैनन् । तर त्यो युवकले ठूलै अपराध गरे जस्तो देश नै निकाला गर्नु पर्दछ भन्दछन् । होइन त्यसले त्यस्तो के अपराध गरेछन् हो ?

आफ्नो आमाको प्रश्न सुनेर छोराले जवाफ दियो, “हो आमा त्यो युवकले ठूलै अक्षम्य अपराध गर्‍यो रे ।
होइन बाबू त्यस्तो अक्षम्य के अपराध गरेछ त्यो बाबुले ?
यो असत्यको राजमा उसले सत्य कुरा बोलेछ, आमा ।

Exit mobile version